(१) यो ऐन अन्तर्गत लाइसेन्स प्राप्त गर्न चाहने कुनै व्यक्तिले तोकिएको दस्तुर सहित तोकिएको ढाँचाको दरखास्त नेपाल सरकार वा नेपाल सरकारबाट तोकिएको अधिकारी छेउ दिनुपर्छ त्यस्तो दरखास्त दाखिल भएपछि अवस्था अनुसार नेपाल सरकार वा नेपाल सरकारबाट तोकिएको अधिकारीले … … … … तोकिएको ढाँचाको लाइसेन्सदिन सक्छ ।
(२) उपदफा (१) अन्तर्गत दिइएको प्रत्येक लाइसेन्सको अवधि र त्यसलाई रिन्यू गर्ने तरीका र त्यसरी रिन्यू गर्दा लाग्ने दस्तुर तोकिए बमोजिम हुनेछ ।
(३) उपदफा (१) र (२) बमोजिम दाखिल गरेको दरखास्तमा मागिए बमोजिमको लाइसेन्स दिन नेपाल सरकार बाहेक नेपाल सरकारबाट तोकिएको अरु अधिकारीले अस्वीकार गरेमा त्यसबाट मर्का पर्ने व्यक्तिले सो अस्वीकारी आदेश प्राप्त भएका मितिले ३५ दिनभित्र सो आदेश उपर नेपाल सरकार छेउ पुनरावेदन दिन सक्छ र त्यस्तो पुनरावेदन परेकोमा नेपाल सरकारबाट भएको निर्णय अन्तिम हुनेछ ।